नियम १०
आर्थिक कारोवार सम्बन्धमा अध्यक्षले अनुगमन गर्ने
गाउ“ विकास समितिको आर्थिक
कारोवार गर्दा देहाय बमोजिम भए वा नभएको सम्बन्धमा अध्यक्षले नियमित रुपमा
सुपरिवेक्षण र अनुगमन गरी जानकारी राख्नु पर्नेछ ः–
(क) स्वीकृत भएको रकम तोकिएका सेवा तथा कार्यका निमित्त स्वीकृत
सीमाभित्र रही सोही प्रयोजनको लागि खर्च भए वा नभएको,
(ख) आर्थिक कारोवार यस नियमावली बमोजिम भए वा नभएको र
कारोवारको प्रमाण पुगे वा नपुगेको,
(ग) तोकिएको ढा“चा अनुरुप लेखा राखे वा नराखेको,
(घ) सम्पत्तिको लगत दुरुस्त र अद्यावधिक गरी संरक्षण भए वा नभएको,
(ङ) उपलब्ध स्रोत, साधन तथा सम्पत्तिको समुचित उपयोग भए वा नभएको
र हानी नोक्सानी नहुने गरी सम्भार तथा संरक्षणको व्यवस्था भए वा
नभएको,
(च) स्वीकृत लागत खर्चको सीमाभित्र रही कार्यक्रम सञ्चालन गरे वा
नगरेको,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
ज्ञज्ञ
(छ) लक्ष्य प्रगति तथा लागत खर्चको आंकडा राख्ने व्यवस्था पर्याप्त र
भरपर्दाे भए वा नभएको,
(ज) आवधिक आर्थिक विवरण समयमा तयार भए वा नभएको र समयमा
पेश हुने गरे वा नगरेको र लेखापरीक्षण समयमै गराए वा नगराएको ।